मालेपाटनमा आठौं खुला तीज गीत प्रतियोगिता गरिने

जनसम्मत
श्रावण २१, २०७९, शनिबार

भदौको दोस्रो हप्तादेखि मालेपाटन आडौं खुला तीज गीत प्रतियोगिता तथा महिला खेलकुद प्रतियोगिता हुने भएको छ।

पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको सूर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं सस्करणको खुला तीज गीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको हो।

कोभिडका कारण २ वर्ष स्थगित रहेको प्रतियोगिता यस वर्ष संचालन गरिने सूर्यचन्द्र विकास समाजले जनाएको छ।

तीज गीत प्रतियोगितासँगै महिलाहरुको छेलो प्रतियोगिता र दौड प्रतियोगितासमेत राखिने अयोजकले बताएको छ।

तीज गीत प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र सान्त्वनाले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।
साथै उत्कृष्ट भेषभूषा, उत्कृष्ट नृत्य र दर्शक उत्कृष्ट नृत्यमा पनि पुरस्कार राखिएको आयोजकले जनाएको छ। प्रतियोगितामा ५ लाख ३८ हजार खर्च हुने बताइएको छ। प्रतियोगिता मालेपाटन खेल मैदानमा हुनेछ।

प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ।