सुनचाँदीको मूल्य घट्यो

जनसम्मत
श्रावण २२, २०७९, आइतबार

नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ५ सय र चाँदीमा प्रतितोला १५ रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ तोकिएको छ। गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८ सय र तेजाबी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ थियो।

चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार १ हजार २२० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो।