चीनको दबाब कायमै, ताइवानकमो २ दिन ’लाइभ फायर’ अभ्यास

जनसम्मत
श्रावण २२, २०७९, आइतबार

चीनले आइतबार लगातार चौथो दिन ताइवान वरपरको हवाई र समुद्रमा सैन्य अभ्यास जारी राखेको छ।

चीनको जनमुक्ति सेनाले उक्त अभ्यास आफ्नो लामो दुरीको हवाई र जमिनमा आधारित परीक्षणमा केन्द्रीत रहेको बताएको छ।

आइतबारपछि पनि तालिमलाई निरन्तरता दिने कि नदिन्ने भन्नेबारे भने चीनले स्पष्ट पारेको छैन। ताइवानले टापु र मुख्य भूमि चीनलाई छुट्याउने ताइवानको वरिपरि संचालित चिनियाँ विमान, जहाज र ड्रोनहरूको अप्रेसन पत्ता लगाउन अनुगमन जारी राखेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। ताइवानले यसका टापु र समुद्रमा जहाजहरूमाथि हमला गर्ने चीनको शैली अनुकरण गर्ने बताएको छ।

यसैबीच, ताइवानको आधिकारिक केन्द्रीय समाचार एजेन्सीले चीनको अभ्यासको जवाफमा ताइवानको सेनाले मंगलबार र बिहीबार दक्षिणी पिङतुङ काउन्टीमा लाइभ फायर आर्टिलरी अभ्यास गर्ने जानकारी दिएको छ।

अभ्यासमा लामो दुरीमा लुकेर गोली हान्ने, लडाइ सवारी साधन, बख्तरबन्द सवारी साधन र आक्रमण हेलिकप्टरहरू समावेश हुने बताइएको छ।

एजेन्सी