अरहान्त र कृष्णालाई राष्ट्रि स्क्वासको उपाधि

जनसम्मत
श्रावण २२, २०७९, आइतबार

चौथो धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि अरहान्त केशर सिम्हा र कृष्णा थापाले जितेका छन्।

फाइनलमा अरहान्तले अमृत थापामगर र कृष्णाले विपना ब्लोनलाई हराउँदै उपाधि जितेका हुन्।

पुरुष ओपनमा अरहान्तले अमृतलाई ३–० को सेटमा हराए। उनले ११–४, ११–७, ११–६ को जित निकाले। उपाधिसहित अरहान्त २५ हजार रुपैयाँ र उपविजेता अमृतले १५ हजार रुपैयाँ पाए।

महिला ओपनमा कृष्णाले विपनालाई ३–० को सेटमा हराए। उनले ११–७, ११–७, ११–७ को जित निकालिन्। उपाधि सहित कृष्णाले १८ हजार र उपविजेता विपनाले ११ हजार रुपैयाँ पुरस्कार पाए।

५० वर्षमाथि भेट्रान्समा सुदीपबहादुर सिंह, जुनियर ओपनमा विकाश मगर र मेन्स प्लेटमा प्रज्ञा जोशी च्याम्पियन बने।