नेप्से दोहोरो अंकले बढ्यो

जनसम्मत
श्रावण २२, २०७९, आइतबार

साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक बढेको छ।

नेप्से आज १०.२७ अंकले बढेर बन्द भएको छ। नेप्से ०.४९ प्रतिशतले बढेर २ हजार १२३.८२ बिन्दुमा पुगेको छ।

आज दिनभर २१९ कम्पनीका ६१ लाख ६ हजार ५२१ कित्ता सेयर कारोबार भएको छ।

आज २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँको कारोबार भएको छ। आज सेन्सेटिभ इन्डेक्स ०.७६ प्रतिशतले ४०९.५५ बिन्दुमा पुगेको छ।
आज १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक बढेको छ। एउटा उपसमूहको परिसूचक घटेको छ। आज सर्वाधिक ट्रेडिङ उपसमूहको २.१९ प्रतिशतले परिसूचक बढेको छ भने लाइफ इन्स्योरेन्स उपसमूहको ०.०५ प्रतिशतले घटेको छ।