प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

जनसम्मत
श्रावण २२, २०७९, आइतबार

प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ।

प्रतिनिधि सभाको आज (आइतवार)को बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो। छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए।

सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको अर्काे बैठक पर्सि मङ्गलवार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।