साफ यु–१७ : बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट

जनसम्मत
श्रावण २२, २०७९, आइतबार

अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यु–१७ फुटबल च्याम्पियनसीपको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट गरेको छ।

प्रशिक्षक उर्जन श्रेष्ठले प्रारम्भिक छनोटमा रहेको ६० खेलाडीबाट ४५ जना छनोट गरेका हुन्।

साफ यु–१७ च्याम्पियनसीपमा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा भारत र भुटान छन्। समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन्।

छनोट भएका खेलाडीहरुमा अभिषेक थोकर, अंकित गुरुङ, असिमजंग कार्की, बिक्रम तामाङ, विनोद केसी, धनसिंह विक, धिरज विक, दिपक थापामगर, दोलकबहादुर थापामगर र गौरव महर्जन छन्।

यसैगरी, हरिश भट्ट, जनप्रकाश बम, कृशल मोक्तान, कुशल देउवा, लक्षु थापा, मदन पौडेल, मानव पोखरेल, मार्सल शाही, मिरक लिङ्देन, मुकेश घर्ती, निखेल सुनार, निराजन धामी र निर्देश राई बन्द प्रशिक्षणमा छन्।

छनोट हुने अन्य खेलाडीहरुमा निरज कार्की, निशान्त तामाङ, पाल्देन गुरुङ, प्रशान्त लक्षम, प्रिभिअस सुनवार, प्रितम कार्की, राहुल बेलबासे, रितेश थापामगर, रुविन बोगटी, समिर चन्द, समिर तामाङ, सरोज दर्लामी, सिजल राई, सिमन्त थापा, सोहन स्याङ्तान, सुवास गुरुङ, सुविन खड्का, सुजत डंगोल, सुजत खड्का, सुशिल तामाङ, युनिश बुढाथोकी र युनिस मगर छन्।