पोखरामा प्रेस युनियन पदाधिकारीको सम्मान

जनसम्मत
श्रावण २३, २०७९, सोमबार

नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पोखरामा सम्मान गरिएको छ।

प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेललाई सम्मान गरेको हो।

प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन्।

सो अवसरमा युनियनका सदस्य हरि भट्टराईले रचना गरेको नेपाल विज्ञान तथा प्रविधि ‘नाष्ट’को नाष्ट गानका लागि सर्वोत्कृष्ट भई पुरस्कृत भएकोमा उनलाई सम्मान गरिएको थियो।

प्रेस युनियन कास्कीका कार्यवाहक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रदीप पौडेलले स्वागत र सह–सचिव ज्योति हमालले कार्यक्रम संचालन गरेका थिए।