अन्तराष्ट्रिय आदिवासी दिवस : पोखरा विशेष (फोटो फिचरसहित)

जनसम्मत
श्रावण २४, २०७९, मंगलवार

आज अगष्ट ९ तारिक अर्थात २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस।

आजको दिन नेपाल लगायत विश्वभर आदिवासी दिवस मनाइन्छ।

हरेक वर्ष अगष्ट ९ तारिकका दिन यो दिवस मनाइँदै आएको छ । वर्ष सन् २०२२ को अन्तर्राष्ट्रिय आदिवासी दिवसका लागि

‘The Role of Indigenous Women in the Preservation and Transmission of Traditional Knowledge’

अर्थात ‘परम्परागत ज्ञान र सीपहरूको संवद्र्धन र हस्तान्तरणका लागि आदिवासी महिलाहरूको भूमिका’ भन्ने मूल नारा तय गरेको छ।
गण्डकी प्रदेशको राजधानी पोखरामा पनि आज २८ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाएको छ।

नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह–आयोजनामा दिवस मनाएको हो।

आज ११ बजे पोखराको चिप्लेढुंगाबाट सवै जनजातिले आ–आफ्नो जातीय मौलिक पोषाक र झाँकीसहित बिशाल र्‍याली निकालेर पोखरा रंगशाला अगाडीको नेपाल मगर संघको भवनमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ।

(हेर्नुहोस, फोटो फिचर)

 

तस्बीरहरुः नारायण शाही