पोखरामा आदिवासी दिवस : घिन्ताङ घिसी ट्वाक (फोटो फिचर)

जनसम्मत
श्रावण २४, २०७९, मंगलवार

पोखरामा पनि आज (मंगलबार) २८ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाएका छन्।

नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह–आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश आसपासका आदिवासीहरुले दिवस मनाएका हुन्।

आज ११ बजे पोखराको चिप्लेढुंगाबाट सवै जनजातिले आ–आफ्नो जातीय मौलिक पोषाक र झाँकीसहित बिशाल र्‍याली निकालेर पोखरा रंगशाला अगाडीको नेपाल मगर संघको भवनमा औपचारिक कार्यक्रम गरेको थियो।

र्‍यालीमा भक्तपुरको नेवारी समुदायमा नचाइने सापारु (गाईजात्रा) घिन्ताङ घिसी ट्वाकको प्रदर्शन विशेष आकर्षण थियो।

भक्तपुरमा विशेष महत्वको यस नाच सापारु (गाईजात्रा)को समय नाचिने बिशेष नृत्य घिन्ताङ घिसी पोखरामा पनि प्रदर्शन गरिएको हो।

विश्व आदिवासी दिवसको अवसरमा आज (मंगलबार) पोखरामा रहेको नेवा:हरुको सहभागितामा घिन्ताङ घिसी नृत्य समाबेस गरिएको थियो।
पोखरामा रहेको नेवा:हरुको सांस्कृतिक उत्थानका लागि सकृय संस्था नेवा: देय दबू कास्की जिल्ला समिति तथा पोखरा महानगर समितिको आयोजनामा घिन्ताङ घिसीको नृत्य प्रदर्शन गरिएको हो।

नेपाल भाषा साहित्य त:मुज्या, येँ, यल व ख्वपको सहयोगमा नेवा: सांस्कृतिक आदान–प्रदान कार्यक्रम अन्तर्गत घिन्ताङ घिसी नृत्य पोखरामा प्रदर्शन गरिएको हो।

(हेर्नुहोस, फोटो फिचर)

तस्बीर : नारायण शाही