२०० ले बढ्यो सुनको मूल्य

जनसम्मत
श्रावण २५, २०७९, बुधबार

सुनचाँदी बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला २ सयले बढेर ९७ हजार १ सय तोकिएको छ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ४ सय रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर १ हजार २ सय ३० तोकिएकोे छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।