झण्डै ६ अंकले नेप्से परिसूचक ओरालो

जनसम्मत
श्रावण २५, २०७९, बुधबार

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलव ९१ अंकले ओरालो लागेर २ हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको हो।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ६८ अंकले घटेर ३९५ दशमलव ७५ मा सीमित भएको छ। नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकम समेत सस्तोमा समेटिएको छ। कूल २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४७ मूल्यमा खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये बुधवार २ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ। बैंकिङ ५ दशमलव ३१, व्यापार ३१ दशमलव ८७, होटल तथा पर्यटन ११ दशमलव ६३, विकास बैंक ७ दशमलव ६१, जलविद्युत् १२ दशमलव ३५, वित्त १६ दशमलव १५, निर्जीवन बीमा ७५ दशमलव ८२, अन्य ४ दशमलव ६६, लघुवित्त १५ दशमलव ५१, जीवन बीमा ९ दशमलव ७३ र सामूहिक लगानी कोष ० दशमलव १ अंकले ओरालो लागेको हो।

उत्पादन २७ दशमलव १ र लगानी ० दशमलव ४७ अंकले उकालो लागेको छ। बुधवारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ३६ अर्ब ७८ करोड २४ लाख २८ हजार ४५३ रुपैयाँ बराबर छ।

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ। कोषको १० करोड ६८ लाख ७९ हजार ४६७ रुपैयाँ बराबरको कारोबार भयो। शिवम् सिमेन्ट ६ करोड ८८ लाख ४८ हजार १०२ रुपैयाँ, हिमालयन डिस्टिलरी ६ करोड ७१ लाख ३७ हजार १६५, नबिल बैंक ६ करोड ४६ लाख ८९ हजार ४२० र नेपाल दूरसंचार कम्पनी ४ करोड ६८ लाख ६१ हजार २२६ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए।
नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर ९ दशमलव ९७, युनिलिभर नेपाल ४ दशमलव ३०, सिटिजन म्युचुअल फण्ड १ दशमलव ४, विन नेपाल लघुवित्त ३ दशमलव ५२ र उपकार लघुवित्तका लगानीकर्ताले २ दशमलव ८२ अंकले कमाएका छन्।