१९.०६ अंकले घट्यो नेप्से परिसूचक

जनसम्मत
श्रावण २६, २०७९, बिहीवार

नेप्से परिसूचक आज (बिहीबार) पनि गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ विन्दूमा झरेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन बुधवार १ अर्ब ९३ करोड बराबरको शेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेकका १२ वटा उपसमूको परिसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २.३८ प्रतिशतले घटेको छ। विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
नेप्से ओरालो लागेपनि विहीबार दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा हिमालयन हाइड्रोपावर र

अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

तर, यता युनिलिभर नेपालको शेयरमूल्य ८.२३ प्रतिशत घटेको छ। त्यस्तै, बुद्धभूमी हाइड्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि शेयर मूल्यमा गिरावट आएको छ। शिवम सिमेन्ट्को विहीबार ७ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ।