एमालेको स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइयो

जनसम्मत
श्रावण २६, २०७९, बिहीवार

नेकपा एमालेले स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्री सचिवालय बैठकले ३ तहकै बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

७ भदौमा स्थायी स्थायी कमिटी, ९ भदौमा पोलिट्ब्युरो र १० र ११ भदौमा केन्द्रीय कमिटी बैठक बस्ने गरी बोलाइएको हो।