अब सत्ता गठबन्धन कार्यदलको बैठक ३० गते

जनसम्मत
श्रावण २७, २०७९, शुक्रबार

सत्ता गठबन्धनको कार्यदल बैठक अब साउन ३० गते सोमबार बस्ने भएको छ।

कार्यदलमा हिँजोको छलफलमा ५ दलले आ–आफ्नो पार्टीभित्र पनि छलफल गर्नेछन्।

हिँजो (बिहीबार) आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएर अन्त्य भएको थियो। अब, हुने छलफलमा स्थानीय चुनाव, विगतको संसदीय चुनावमा आएका मतलाई हेर्ने कुरा छ।

बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको थियो।

सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे हिँजो छलफल भएको हो। छलफल सकारात्मक भएको सहभागी दलका नेताहरुले बताउँदै आएका छन्।’

विगतमा दलहरूले पाएको मतलाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोडालिटीबारे पनि छलफल गरिएको थियो। विगतमा भएका चुनावका मत मात्रै आधार भने हुँदैन। केही दल पहिले अस्तित्वमा नभएकाले पनि सत्ता गठबन्धनको कार्यदल बैठक लम्बिएको हो।