नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ।
गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढ्दै छापावाला सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा २५ रुपैयाँले बढ्दै आज एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।