७ प्रदेशमै लाइसेन्सको नयाँ मापदण्ड

जनसम्मत
श्रावण २९, २०७९, आइतबार

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा संचालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।

यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन। संशोधित कार्यविधिअनुसार लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई अब सबै प्रदेशले कार्यान्वयन गर्नेछन्।

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले निर्देशिका लागू गरेको भएपनि मधेश प्रदेश, बागमती र कर्णाली प्रदेशले पूर्वाधारको अभाव र आन्तरिक तयारी नपुगेको भन्दै कार्यान्वयनमा ल्याएका छैनन्। यसै साता संघीय यातायात मन्त्रालयमा भएको सहमतिमा बाँकी रहेका प्रदेशले पनि चाँडै लागू गर्न हस्ताक्षर गरेका छन्।

कारोबार दैनिकमा समाचार छ।