नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा प्राविधिक जनशक्ति आवश्यक

जनसम्मत
श्रावण ३०, २०७९, सोमबार

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले केही प्राविधिक जनशक्तिहरु पदपूर्ति गर्ने भएको छ।

परिषदले चालु आर्थिक बर्षको स्वीकृत बार्षिक कार्यक्रम अनुसार विभिन्न अनुसन्धान परियोजनाहरु संचालन गर्न केही प्राविधिक जनशक्तिहरु पदपूर्ति गर्ने भएको हो।

परिषदले ती प्राविधिक जनशक्तिले फिल्डमा गई काम गर्न पर्ने स्पष्ट पारेको छ।

स्वास्थ्य विषयमा कम्तीमा स्नातक गरेका व्यक्तिले यसका लागि दरखास्त दिन सक्ने जनाएको छ।

दरखास्त आज (सोमबार) को मितिले ७ दिनभित्र दिइ सक्नुपर्ने सूचनामा उल्लेख छ।

दरखास्त बुझाएका व्यक्तिलाई अन्तरवार्ता विधिबाट परीक्षा लिई छनौट गरिने समेत जनाएको छ।