निर्वाचनका लागि ८४ दल दर्ता

जनसम्मत
भाद्र १, २०७९, बुधबार

आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन् ।

सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मंसीर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ताको अवधिको अन्तिम दिन हिँजो (मंगलबार, साउन ३१ गतेसम्म) ती दलले दर्ताका लागि निवेदन दिएका हुन्।

आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बरसमेतको सूचीसहितको विवरण तयार गरेको छ।