६ भदौमा नेपाल–बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुँदै

जनसम्मत
भाद्र २, २०७९, बिहीवार

नेपाल र बेलायतबीच आउँदो ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ।

नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीका अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबीच भदौ ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो।

श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार पारिसकेको छ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाण्डौमा रहेको बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारी पत्रको मस्यौदा तयार भएको हो।

बेलायतले २० देखि ४५ वर्ष उमेर समूहका स्टाफ नर्स, बीएस्सी नर्सिङ र एमएस्सी नर्सिङ गरेकाहरूलाई लैजानेछ। बेलायतमा रोजगारीका लागि जाँदा श्रमिकले कुनैपनि शुल्क तिर्न नपर्ने गरी श्रम समझदारी हुनेछ।
पनि बेलायतमा नर्स पठाउने गरी श्रम समझदारी गर्न स्वीकृति दिइसकेको छ।

नेपाल र बेलायतबीच जीटूजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने गरी समझदारी हुनेछ। यो मोडलमा कुनैपनि तेस्रो पक्षको संलग्नता हुने छैन। २ देशका सरकारबीचको समझदारीमा नेपालबाट कामदार जान पाउनेछन्।

सरकारले जीटूजी मोडलमा इजरायल र कोरियामा पनि नेपाली श्रमिक पठाइरहेको छ।