४ सयले घट्यो सुनको मूल्य

जनसम्मत
भाद्र ३, २०७९, शुक्रबार

सुनचाँदी बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय तोकिएको छ।

अघिल्लो दिन प्रतितोला ९५ हजार ९ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला ४ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ छ। यसको मूल्य अघिल्लो (बिहीबार) दिन प्रतितोला ९५ हजार ४ सय रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर १ हजार १ सय ८५ तोकिएकोे छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।