इन्जीनियर अमलेश कुमार घुस लिदालिदै दमौलीबाट रंगेहात पक्राउ

जनसम्मत
भाद्र ४, २०७९, शनिबार

इन्जीनियर अमलेश कुमार घुस लिदालिदै तनहँको दमौलीबाट रंगेहात पक्राउ परेका छन्।

स्याङ्जास्थित कार्यालयबाट जागिर छुटेर पनि घुस लिन सप्तरीस्थित घरबाट तनहुँ सदरमुकाम दमौली आइपुगेका इन्जिनियर अमलेशकुमार ७५ हजार रुपियाँ घुस लिंदालिंदै पक्राउ परेका हुन्।

शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका करार कर्मचारीको म्याद नथप्ने निर्णय भएसँगै स्वत: अवकाश पाएका सप्तरीको बोदेबसाइन नगरपालिका निवासी हुन्।

स्याङ्जास्थित एक विद्यालय पुनर्निर्माणको अन्तिम किस्ता रकम निकासा गरिदिन घुस मागेको र त्यही क्रममा आफ्नो जागिर गएपछि दमौलीस्थित एक होटलमा बोलाएर घुस लिदालिदै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

केही समय पहिलादेखि नै रकम माग गर्दै आएका उनलाई आज दमौलीमा रकम दिने शर्तसहित बोलाइएको थियो। उनी आजै बिहान सप्तरीबाट दमौली आइपुगेका थिए।

इन्जिनियर अमलेशकुमार शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जामा असार मसान्तसम्म करारमा कार्यरत थिए। साउन १ गतेदेखि करारमा कार्यरत कर्मचारीको म्याद नथपिएका कारण उनी कार्यालयमा हाजिर थिएनन्।