माओवादी (केन्द्र) को प्रस्तावित पदाधिकारीहरु सर्वसम्मत चयन

वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

जनसम्मत
भाद्र ४, २०७९, शनिबार

नेकपा (माओवादी केन्द्र) मा अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गर्नुभएको पार्टी पदाधिकारीहरुको नाम सर्वसम्मत पारित भएका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गर्नुभएको पदाधिकारीको नाम बैठकले सर्वसम्मत पारित गरेको हो।

बैठकमा अध्यक्ष दाहालले महासचिवसहित २१ सदस्यीय पदाधिकारीहरुको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकले सर्वसम्मत रुपमा पारित गरेको माओवादी (केन्द्र) सचिवालयले जनाएको छ।

जसमध्ये पार्टीको उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ चयन भएका छन्।

त्यस्तै, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल सर्वसम्मत चयन भएका छन्।

त्यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य, राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकाल ’प्रशान्त’ सर्वसम्मत चयन चयन भएका छन्।

 

निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

 

नेकपा (माओवादी केन्द्र)ले वरिष्ठ उपाध्यक्ष नारायणकजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको हो।

समितिमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल, गणेश साह, परशुराम तामाङ, अमृता थापा, पर्शुराम रम्तेल, जगत सिंखडा, जाकिर हुसेन, हरि रोका, मिनबहादुर श्रेष्ठ, मिरा ढुंगाना र कृष्ण चौधरी छन्।