कर्मचारी समायोजन मुद्दासम्बन्धी सर्वोच्चको फैसला

जनसम्मत
भाद्र ७, २०७९, मंगलवार

सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा मंगलबार फैसला सुनाएको छ।

समायोजन अन्यायपूर्ण भएको भन्दै कर्मचारीहरुले दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला सुनाएको हो।

संवैधानिक इजलासले समायोजनसम्बन्धी ९८ मुद्दामा मंगलबार निर्णय सुनाउने भनी तोकेको थियो। जसमध्ये कतिपयको रिट खारेज भएको छ भने कतिपय मुद्दामा निवेदकको माग अनुसार रिट जारी गरेको छ।

निवेदन खारेज भएका मुद्दाका निवेदक कर्मचारीहरु अहिले बहाल भएकै स्थानमा काम गर्नुपर्नेछ। त्यस्तै, रिट जारी भएका मुद्दाका निवेदक कर्मचारीहरुको समायोजन बदर भएको छ। अब सरकारले सर्वोच्च अदालतको आदेश अनुसार उनीहरुको व्यवस्थापन गर्नुपर्नेछ।