३ सय रुपैयाँले घट्यो सुनको मूल्य

जनसम्मत
भाद्र ७, २०७९, मंगलवार

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ।

सुनचाँदी बजारमा आज (मंगलबार) छापावाल सुनको प्रतितोला ९५ हजार तोकिएको छ।

अघिल्लो दिन (सोमबार) प्रतितोला ९५ हजार ३ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ३ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार १ सय ६० तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।