चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर: व्यवसायी

जनसम्मत
भाद्र ७, २०७९, मंगलवार

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ।

महासंघका महासचिव डेकनाथ गौतमले मंगलवार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गरेका हुन्।

‘भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्य तीन पटक घटेको छ, चाडपर्वको समयमा नेपालमा पनि पेट्रोेलियम पदार्थको मूल्य समायोजन गरी यातायात व्यवसायी र जनतालाई राहत दिनुपर्छ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।