इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसीपमा नेपाललाई २ स्वर्ण

जनसम्मत
भाद्र ७, २०७९, मंगलवार

मलेसियामा आयोजित सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसीपमा नेपालले २ स्वर्ण जितेको छ।

अभिषेकले पुरुष ८० किलोग्राम तौल समूह र आशुतोषले ८७ किलोग्राममाथि तौल समूहमा स्वर्ण पदक जितेका छन्।

पुरुष ५४ किलो तौलमा पूजन खड्का, ७४ किलोमा सुरज कार्की र रमेश कार्कीले रजत पदक र ७४ किलोमा कास्य पदक जितेका छन्। ६८ किलोमा अबास खानले रजत पदक जितेका छन्।

महिला ६८ किलो तौल समूहमा पूजा कुँवर, पुरुष ५२ किलोमा अभिषेक डल्लाकोटी, ५५ केजीमा श्रीचन्द्र कार्की, ८७ केजीमाथि तौलमा अफ्ताव खान र ६८ केजीमा ज्वालासिंह गुरुङले कास्य जितेका छन्।

यसअघि पुम्सेको प्रतिस्पर्धामा नेपालले १ स्वर्ण र ३ रजत जितेको छ। नेपालकी रेखमाया गुरुङले महिला ३०–४० वर्ष उमेर समूहमा स्वर्ण जितेकी छन्।

१८–३० वर्षको समूहमा सन्दीपा अम्गाईं, पुरुषमा मोहम्मद उमर खान र ४०–५० वर्ष उमेर समूहमा रोशन खानले रजत जितेका छन्।