३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

जनसम्मत
भाद्र ८, २०७९, बुधबार

सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९५ हजार ३ रुपैयाँमा किनबेच भइरहेको छ।

अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ थियो।

बुधबार ९४ हजार ८ सय रुपैयाँ मूल्य रहेको तेजाबी सुनको मूल्य अघिल्लो दिन मंगलबार ९४ हजार ५ रुपैयाँमा किनबेच भएको थियो।

बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार १ सय ६५ रुपैयाँ पुगेको छ। मंगलबार यसको मूल्य १ हजार १ सय ६० रुपैयाँ थियो।