गण्डकी प्रदेश लोक सेवा आयोगले स्वास्थ्यको ११ र ९ औं तहमा ४६ जनालाई विज्ञापन खुलायो

जनसम्मत
भाद्र ८, २०७९, बुधबार

गण्डकी प्रदेशको लोकसेवा आयोगले स्वास्थ्यका २ वटा तहमा ४६ जनालाई विज्ञापन खुलाएको छ।

आयोगले गण्डकी प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य समूहका ११ र ९ औं तहमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो।

प्रदेश लोक सेवा आयोगको सूचना अनुसार एघारौं तहमा ७ जना र नवौं तहमा ३९ जनाका लागि स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको छ।

हेर्नुहोस, सूचना