‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, संबैधानिक सर्बोच्चता र लोकतान्त्रिक मुल्यमा प्रतिबद्धता’ प्रधानन्यायधीश जबराको शुभकामना

सन्दर्भ : कानून दिवस

जनसम्मत सहकर्मी
वैशाख २६, २०७६, बिहीवार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिका प्रवद्र्धनमा जोड दिएका छन् ।

प्रधानन्यायाधीश राणाले ‘कानून दिवस, २०७६’ का अवसरमा शुभकामना व्यक्त गर्दै समानता, न्याय र विधिको शासनको सुनिश्चिताका लागि आ–आनो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता मिलोस् भनी शुभकामना व्यक्त गरेका हुन् । जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न दिवसले थप हौसला प्रदान गर्ने विश्वास प्रधानन्यायाधीशको छ ।

आज वैशाख २६ गते नेपालमा  विभिन्न कार्यक्रम गरी कानून दिवस मनाइदैछ । नेपालमा आधुनिक न्याय प्रणालीको प्रारम्भका रुपमा विसं २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेलाई कानून दिवसका रुपमा मनाउने गरिन्छ ।