गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच छलफल

जनसम्मत
भाद्र ८, २०७९, बुधबार

गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापाति प्रभुराम शर्माले भेटवार्ता गरेका छन्।

गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको हो।

भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।