५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

जनसम्मत
भाद्र ९, २०७९, बिहीवार

सुनको भाउ आज (बिहीवार) तोलामा ५ सय रुपैयाँले बढेको छ।

हिँजो (बुधवार) तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज (बिहीबार) तोलाको ९५ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज १० रुपैयाँले बढेर चाँदी तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।