१८ अंकभन्दा धेरैले घट्यो नेप्से

जनसम्मत
भाद्र ९, २०७९, बिहीवार

शेयर बजार आज (बिहीवार) १८ अंकभन्दा धेरैले घटेको छ।

शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अंकले घटेर २ हजार ३९ दशमलव ५४ विन्दुमा झरेको छ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा जलविद्युत्, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अंकले घटेको छ।

नेप्से सूचक दोहोरो अंकले घटेको दिन २ सय १९ वटा कम्पनीको ४२ लाख ३४ हजार कित्ता शेयर १ अर्ब ७१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड २४ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको ९ करोड ४१ रुपैयाँको शेयर किनबेच भएको छ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ। समग्रमा बजार राताम्मे भएपनि अपर हेवाखोला जलविद्युतको शेयर १० प्रतिशत र रुरु हाइड्रोको शेयर झन्डै ९ प्रतिशतले बढेको छ।