खप्तड लघुवित्तको आइपीओमा आवेदनको चाप

जनसम्मत
भाद्र ९, २०७९, बिहीवार

खप्तड लघुवित्तको आइपीओमा ७४ करोड २७ लाख रुपैयाँ बराबरको आवेदन परेको छ।

सीडीएसका अनुसार आज (बिहीबार) बिहानसम्ममा ६ लाख ५५ हजार ६ सय ६७ जनाले ७४ लाख २७ हजार कित्ताका लागि आवेदन दिएका हुन्।

यो मागभन्दा ६०.१८ गुणा बढी आवेदन हो। कम्पनीले ८ भदौबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो।

यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। योमध्ये ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसमा १२ भदौसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन्। यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।