पत्रकार जमुना वर्षालाई ‘पोखरा टुरिजम जर्नालिजम अवार्ड’

जनसम्मत
भाद्र ९, २०७९, बिहीवार

पत्रकार एवं  नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा ‘पोखरा टुरिजम जर्नालिजम अवार्ड’ बाट पुरस्कृत भएकी छन्।

पोखरा पर्यटन परिषदद्वारा संचालित पोखराको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याएकोमा पत्रकार शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको हो।

पोखरा पर्यटन परिषदको २२ औं साधारणसभा तथा १२ औं अधिवेशनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार शर्मालाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन्।

पत्रकार शर्मा पोखरामा रहेर २० वर्षदेखि पत्रकारितामा सक्रिय छन्। उनी हाल राष्ट्रिय समाचार समिति (रासस) मा आवद्ध छन्।

सोही कार्यक्रममा क्रियाशील पत्रकार वासु मिश्रलाई पनि सम्मान गरिएको छ। लामो समयदेखि पत्रकारितामा सक्रिय मिश्र हाल नेपाल खबर डटकम, ढोरपाटन दैनिक र रेडियो अन्नपूर्णमा आवद्ध छन्।