बेन्जिमालाई ‘युइएफए प्लेयर अफ दी इयर’को अवार्ड

जनसम्मत
भाद्र १०, २०७९, शुक्रबार

करिम बेन्जिमाले ‘युईएफए प्लेयर अफ दि इयरको अवार्ड’ जितेका छन्।

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड बेन्जिमाले युइएफएले प्रदान गर्ने यो अवार्ड जितेका हुन्।

युइएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै बेन्जिमाले अवार्ड जितेका हुन्। बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जितेका हुन्।

महिलातर्फको ‘प्लेयर अफ दी इयर’को अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले हात पारिन्। पुरुषको उत्कृष्ट प्रशिक्षकको अवार्ड गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका रियलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जित्दा महिलातर्फको उत्कृष्ट प्रशिक्षकको अवार्ड सरिना विग्मानले जितिन्।