च्याम्पियन्स लिग ड्र : बार्सिलोना र बायर्न एकै समूहमा

जनसम्मत
भाद्र १०, २०७९, शुक्रबार

युरोपियन फुटबल एसोसियसन (युइएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।

युइएफएले बिहीबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो ।

युएएफएले निकालेको ड्र अनुसार बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेको छ ।

बार्सिलोना र बायर्न समूह ’सी’ मा परेको हो । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन रहेको छ ।

साविक विजेता रियल मड्रिड भने समूह ’एफ’ मा परेको छ ।

समूह चरणको ड्र अनुसार समूह ’ए’ मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ ।

समूह ’बी’ मा पोर्टो, एट्लेटिको मड्रिड, बायर लिभरकुसेन र क्लब ब्रुग रहेको छ ।

समूह ’सी’ मा बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान र भिक्टोरिया प्लेजन रहेको छ  ।

समूह ’डी’ मा फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ सीपी र मार्से रहेको छ ।

समूह ’ई’ मा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब रहेको छ ।

समूह ’एफ’ मा रियल मड्रिड, लाइपजिग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेको छ ।

समूह ’जी’ मा म्यानचेस्टर सिटी, सेभिया,बोरुसिया डर्टमण्ड र कोपेनहेगन रहेको छ ।

समूह ’एच’ मा पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स, बेन्फिका र हाइफा रहेको छ ।