कास्की आदर्श सेवा समाज पोर्चुगलको अध्यक्षमा शक्ति भट्टराई

जनसम्मत
भाद्र १०, २०७९, शुक्रबार

कास्की आदर्श सेवा समाज पोर्चुगलको अध्यक्षमा शक्ति भट्टराई चयन भएका छन्।

‘कस्केलीहरुको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ मूल नाराका साथ पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न समाजको चौथो अधिवेशनले भट्टराईको अध्यक्षताका नयाँ कार्यसमिति चयन गरेको हो।

२ वर्षे कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा विशाल आचार्य, शोभा पुरी गिरी र महासचिवमा सबिन पौडेल छन्।

त्यसैगरी, समाजको उप–महासचिवमा ईश्वर देवकोटा, सचिवमा सुरेश न्यौपाने, राजेन्द्र दियाली र नारायण थापा तथा कोषाध्यक्षमा जानुका आचार्य र सह–कोषाध्यक्षमा बिन्दु गौतम छन्।

अधिवेशनले समाजको सदस्यमा सीता गुरुङ, ठाकुर गुरुङ, शोभा अधिकारी, कृष्ण गिरि, संगीता भण्डारी, मातृका परियार, रक गुरुङ र सुष्मा जलारी छन्।

लिस्बनमा भएको चौथो अधिबेशनबाट कार्यसमिति चयन गर्न मेघनाथ सुवेदी (दीपक)को संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन समितिका सदस्यहरूमा कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालका अध्यक्ष सीता बराल र सचिव भगवान गिरि थिए।