तेस्रो मुलुक लैजान लागिएको २३ नेपाली महिलाको भारतबाट उद्दार

उद्दार गरिएका महिलाहरुमा झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाण्डौ जिल्लाका छन्

एजेन्सी
वैशाख २७, २०७६, शुक्रबार

पोखरा । भारतको बाटो हुँदै तेस्रो मुलुक अवैध रुपमा लैजान लागेको २३ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ ।

भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व र समन्वयमा बिहीबार काँकरभिट्टास्थित माइती नेपालको सेन्टरमा राखिएको छ । उनीहरुलाई मनोसामाजिक परामर्श र अनुसन्धानका लागि राखिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

उद्दार गरिएका महिला २० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरु झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाण्डौ जिल्लाका रहेका छन् । मन्त्रालयका कर्मचारी नेतृत्वको टोली तथा मानव बेचबिखन र अनुसन्धान ब्यूरोले यो घटना बारे अनुसन्धान गरिरहेको बताइएको छ ।