नवौं राष्ट्रिय खेलकुद : कास्कीमा क्रिकेट र उशुको छनोट

जनसम्मत
भाद्र ११, २०७९, शनिबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उशुको महिला तथा पुरुष खेलाडी छनोट भएका छन्।

जिल्ला खेलकुद विकास समिति कास्कीका अनुसार क्रिकेट र उशुसहित शनिबार अन्य २ खेलको छनोट खेलाडीहरु छनोट भएका हुन्।

नवौंका लागि अमृत गुरुङको कप्तानीमा २ वैकल्पिकसहित क्रिकेटको पुरुषतर्फ १४ खेलाडी छनोट भएका छन्। छनोट हुने खेलाडीहरुमा अनिल गुरुङ, मुस्कान थापा, अभिषेक थापा, सुभाष भण्डारी, आयुष सैंजु, कृष्ण पौडेल, किरण पौडेल, विपिन खत्री, सुदिप पौडेल, विधान श्रेष्ठ, विश्वास पराजुली, सचेत कार्की र अर्जुन कुमाल छन। त्यसैगरी, बैकल्पिकमा नितेश गिरी र सिवरिन श्रेष्ठ छन्।

त्यसैगरी, महिला क्रिकेटतर्फ सृष्टी जैशीको कप्तानीमा १४ सहित ४ जना बैकल्पिक खेलाडी छनोट हुन सफल भएको जिल्ला खेलकुदकी कोषाध्यक्ष कञ्चन थापाले जनाएकी छन्। छनोट हुन सफल खेलाडीहरुमा सीता रेग्मी क्षत्री (उपकप्तान), सृजना पौडेल, सुजाता थापा, गंगा बस्नेत, पेम्वालेम्वु शेर्पा, यशोदा भुजेल, विनिता नेपाली, श्रद्धा गुरुङ, एलिना वि.क., सजना खत्री, रचना चौधरी, विन्दु थापा र सम्झना वि.क. छन्। त्यसैगरी वैकल्पिकमा विनिता सिग्देल, आश्ना पौडेल, रिया गुरुङ र शुशिला तामाङ छन्।

 

उशुतर्फ महिला/पुरुषका १९ खेलाडीहरु छनोट

 

कास्की जिल्लामा सम्पन्न उशुतर्फ महिला र पुरुष गरी १९ जना खेलाडी छनोट भएका छन्। उशुको पुरुष सान्सौतर्फ विभिन्न तौलमा ९ जना र महिलातर्फ ७ गरी १६ जना र छानछ्वान पुरुषतर्फ मिग्माछिरिङ लामा, महिलातर्फ सोफिया गुरुङ, नानछवान पुरुषतर्फ निश्चल रोक्का, महिलातर्फ विनिता राई, थाइची छ्वान पुरुषतर्फ प्रयास मगर छनोट हुन भएका छन्।