अस्ट्रेलियाको मेलबर्नमा तीज कार्यक्रम

जनसम्मत
भाद्र ११, २०७९, शनिबार

अष्ट्रेलियन शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यमा अष्ट्रेलियाको मेलबर्नमा तीज कार्यक्रम भएको छ।

दिदी–बहिनी समाज भिक्टोरियाले करिब ७ सय नेपाली महिलाको उपस्थितिमा तीज कार्यक्रम गरेको हो।

दिदी–बहिनी समाज भिक्टोरियाले विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य–पश्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको छ।

शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यतामा तीज कार्यक्रम भएको हो।

दिदी–बहिनी समाज भिक्टोरियाले अहिलेसम्म १६ हजार डलर पठाइ १ सय १० जनालाई सहयोग गरिसकेको छ।

सांसद कौशल्या भागेला, मोरल्यान्ड सिटी काउन्सिलका मेयर मार्क रिले, एनआरएन भिक्टोरियाका संयोजक हरि खड्काको समेत उपस्थिति रहेको कार्यक्रममा संस्थाका अध्यक्ष डा जमुना पराजुलीले स्वागत मन्तव्य राखेकी थिइन्।