नवौं राष्ट्रिय खेलकुद : कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट

जनसम्मत
भाद्र १२, २०७९, आइतबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन्।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको छ।

संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीका अनुसार नवौं राष्ट्रिय प्रतियोगिता प्रदेशस्तरियका लागि २ छुट्टाछुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिएको जनाएका छन्।

जिल्ला खेलकुद विकास समितिकी कोषाध्यक्ष कन्चन थापाले प्याराग्लाइडिङ २ बैकल्पिकसहित महिला र पुरुष गरी १५ जनाको अन्तिम नामावली प्राप्त भएको बताइन्। छनोट हुन सफल मेन्स क्रस कन्ट्रीतर्फका खेलाडीमा विजय गौतम, युकेश गुरुङ, शुशील गुरुङ र शेरबहादुर गुरुङ छन्। सो इभेन्टमा आशिष थापा बैकल्पिक खेलाडीका रुपमा छन्।

त्यसैगरी, मेन्स एकुररेसीतर्फ रिकी पोडे, सुमन थापा, अमित थापा, सागर नेपाली र हरि थापा छन् । सो इभेन्टमा विष्णु गौतम बैकल्पिकका रुपमा रहेका छन्।

यता, महिलातर्फको क्रस कन्ट्रीमा त्रिशा श्रेष्ठ र सुष्मिता सुनुवार तथा महिला एक्युरेसीमा कृषु पौडेल र रितु श्रेष्ठ छन्।

छनोट भएका खेलाडीहरुले भदौ १६ देखि १८ गते सम्म पोखरामा संचालन हुने प्रदेशस्तरिय छनोटमा सहभागिता जनाउने जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले जनाएका छन्।