पोखरामा जोन्टाको ‘गो रेड फर वुमन’

जनसम्मत
भाद्र १२, २०७९, आइतबार

पोखरामा महिलाहरुका लागि २ दिने नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ।

जयन्ति ट्रष्टसँगको सहकार्यमा जोन्टा क्लवको आयोजना गरेको ‘गो रेड फर वुमन’ नारा दिइएको शिविरमा पोखराका करिब ४ सय महिलाले लाभ लिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले जानकारी दिइन्।

थापाका अनुसार शिविरमा महिलाहरुको नि:शुल्क ब्लड प्रेसर, नाप, तौल, ईसीजी, बीएमआई, ब्लड ग्लुकोज लगायतका परीक्षण गराइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पोखरा एकेडेमी अफ हेल्थ साईन्सका भीसी प्रोफेसर डा. डुकबहादुर क्षत्रीले तीजको बेला महिलाहरुलाई लक्षित गरी आयोजित कार्यक्रम सान्दर्भिक भएको बताए। यो सामाजिक क्षेत्रका लागि उदाहरण्ीाय कार्य रहेको उनको भनाई थियो।

कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा न.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। क्लबले आगामी दिनहरुमा आयोजना गर्ने कामहरुमा पनि वडाले हातेमालो गर्ने मर्सानीले प्रतिबद्धता जनाए।

महिलाहरुको पर्व हरितालिका तीजका अवसरमा आयोजित कार्यक्रम क्लवका महासचिव नेलिसा ठकुरीले संचालन गरेकी थिइन्।