अनुष्का श्रेष्ठले जितिन यस वर्षको मिस नेपालको उपाधि

मिस फ्यासिनोको उपाधिसमेत अनुष्काले जितिन्

जनसम्मत
वैशाख २७, २०७६, शुक्रबार

पोखरा । अनुष्का श्रेष्ठले यस वर्षको मिस नेपाल वल्र्डको उपाधि जित्न सफल भएकी छिन् । बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको उपाधि जितेकी हुन् ।

‘अधिकार र कर्तव्यमा कुन बढी जिम्मेवारी हुन्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर अनुष्काले मिस नेपालको उपाधि जितेकी हुन् । उनले अब मिस वल्र्डमा सहभागिता जनाउन पाउनेछिन् ।

अनुष्कालाई ‘मिस नेपाल २०१८’ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् ।

कुन विधा कसले जिते ?

मिस नेपाल वर्ड विजेता अनुष्काले मिस फ्यासिनोको उपाधीसमेत जितेकी छन् । प्रदिप्ता अधिकारीले मिस नेपाल युनिभर्स र मिस बेष्ट एथ्लेटिक्सको उपाधि जितिन् । रिया बस्नेतले मिस नेपाल अर्थ र पपुलर च्वाइसको उपाधि जित्न सफल भइन् ।

रोज लामाले मिस नेपाल सुपर नेशनलको उपाधि जितिन् । मिरा कक्षपतिले मिस नेपाल इन्टरनेशनलको उपाधि हात पारिन् । निकिता कर्माचार्यले ब्युटी विथ पर्पसको उपाधि हात पारिन् भने निशा पाठकले मिस कन्फिडेन्सको उपाधि हात पारिन् ।