पिपुल्स पावरको आइपीओ बाँडफाँड, ४ वटा साइटबाट आइपीओ नतिजा हेर्न सकिने

जनसम्मत
भाद्र १२, २०७९, आइतबार

पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड गरिएको छ।

आइपीओ आज (आइतबार) बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा बाँडफाँड भएको हो ।

बिक्री प्रवन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादीमा भएको बाँडफाँडमा गोलाप्रथामार्फत २ लाख २९ हजार ४६८ जनाले १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता सेयर पाएका छन्।

जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। कम्पनीको आइपीओमा कुल १५ लाख ५६ हजार ५२५ जनाले आवेदन दिएकोमा ५ हजार ११२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ निष्कासन गरेको थियो।

सर्वसाधारणमा वितरण गरिने कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिसकेको छ।

यी बाहेक बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता आइपीओ सर्वसाधारणमा बिक्रीमा आएको हो। लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ।

उक्त कम्पनीको आइपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट http://peoplespower.com.np बिक्री प्रबन्धकको वेबसाइट https://www.prabhucapital.com  मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login सिडिएसले आइपीओ नतिजा हेर्न संचालक गरेको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ।