केन्याविरुद्धको तेस्रो खेलमा नेपालको जित

५ खेलको श्रृंखलामा नेपालले लियो २–१ को अग्रता

जनसम्मत
भाद्र १२, २०७९, आइतबार

केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल ४ विकेटले विजयी बनेको छ।

सुरुमा ब्याटिङ गरेको केन्याले दिएको १५६ रन बनाउँदै नपाललाई १५७ रनको लक्ष्य दिएको थियो। जबाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष पूरा गर्न सफल बन्यो।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए भने अर्जुन साउदले ३५, रोहितकुमार पौडेलले २९ र पवन सर्राफले २० रन बनाए। केन्याका लागि युगेन ओचिएङ र भिराज पटेलले २/२ विकेट लिए।

सुरुवाती ब्याटिङ गरेको केन्याको लागि राकेप पटेल र इर्फान करिमले अर्धशतक बनाएका थिए। नेपालका लागि सोमपाल कामी र बदिल आलमले १/१ विकेट लिए।