पेरिसडाँडामा माओवादी नेतृहरु छमछमी नाचे

जनसम्मत
भाद्र १२, २०७९, आइतबार

माओवादी केन्द्रको हेटक्वार्टर पेरिसडाँडा पार्टी कार्यालयमा माओवादी नेतृहरु छमछमी नाचेका छन्।

नेकपा माओवादी केन्द्रले आज (आइतबार) तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो।

माओवादीको वाइसीएल केन्द्रीय महिला विभागको आयोजनामा पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा महिला नेतृहरुको उपस्थिति थियो।

यो क्रममा महिला नेतृहरुले छमछमी नाच्दै तीज मनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख ओनसरी घर्तीले माओवादी जनयुद्धको बलमा नेपाली समाजमा आमूल परिवर्तन भएको बताइन्।