विद्यार्थी बेहोस हुन थालेपछि ३ दिन विद्यालय बन्द

जनसम्मत
भाद्र १२, २०७९, आइतबार

बाग्लुङमा विद्यार्थी बेहोस हुन थाले पछि ३ दिनका लागि विद्यालय बन्द गरिएको छ।

बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका बिद्यार्थी एकाएक बेहोस हुन थाले पछि ३ दिनका लागि विद्यालय बन्द गरिएको हो।

प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार विद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्य गरी बेहोस हुन थाले पछि विद्यालय बन्द गर्नु परेको हो।