मेरिगोल्डले जित्यो लामाचौर तीज महोत्सव लोकनृत्यको उपाधि

जनसम्मत
भाद्र १३, २०७९, सोमबार

मेरिगोल्ड बोर्डिङले लामाचौर तीज महोत्सवको अन्तरविद्यालय लोकनृत्य प्रतियोगिताको उपाधि जितेको छ।

महोत्सव अन्तर्गत सोमबार सम्पन्न अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ प्रथ मबनेको हो।

प्रतियोगितामा सूर्योदय बोर्डिङ दोस्रो र कास्की मोडर्नाइज्ड तेस्रो बन्यो। कुमुदिनी होम्स र बाल कल्याण सान्त्वना बने। प्रतियोगितामा १६ विद्यालयले सहभागिता थियो।

अन्तर महिला तीज गीतमा इन्द्र राज्यलक्ष्मी मावि प्रथम, उपकार आमा समूह दोस्रो, सफल उद्यमी महिला समूह तेस्रो र शिवालाय तमु आमा समूह सान्त्वना बने। प्रतियोगितामा १८ टिमको सहभागिता थियो।

भदौ १२ देखि सुरु लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत सोमबार संस्थाका पूर्व सल्लाहकार, कार्यसमिति पदाधिकारी, सदस्य, संस्थापकहरु, अल्फा बोर्डिङ स्कुल, इन्द्र राज्यलक्ष्मी मावि, पश्चिमाञ्चल इञ्जिनीयरिङ कलेजलगायतलाई संस्थाको रजत जयन्ती अवसरमा सम्मान गरिएको छ।

कार्यक्रममा रामजी पौडेल, लक्ष्मी नेपाली, दीपक खड्का लगायतका कलाकारले प्रस्तुति राखेको प्रचार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए।

कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङको विशेष उपस्थिति थियो। सो अवसरमा प्रदेश खेलकुद परिषद्ले भलिबल प्रतियोगिताको सहयोगार्थ ५ लाख सहयोग गरेको छ।

संस्थाका अधयक्ष रेश्मा शेरचन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष दिनेश भण्डारी र संचालन सचिव थिरबहादुर थापा र सहसचिव तेजप्रसाद अधिकारीले गरेका थिए।