निर्वाचन आचारसंहिता सार्वजनिक

जनसम्मत
भाद्र १३, २०७९, सोमबार

आउँदो मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ।

राजपत्रमा आज (सोमवार) प्रकाशित भएको आचारसंहिता आयोगले निर्णय गरेको दिनदेखि लागू हुनेछ।

आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गर्ने जनाएको छ।

निर्वाचन आयोगका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन, गृह र सञ्चार मन्त्रालयका सचिव स्वत: अनुगमन समितिमा रहने व्यवस्था छ।

आचारसंहितामा राजनीतिक दल, सरकार, सुरक्षा निकाय, चुनावमा खटिने कर्मचारी, सञ्चारमाध्यम र नागरिकले पालना गर्नुपर्ने विषय समेटिएका छन्। खासगरी चुनावको समयमा सरकारी स्रोत, साधनको दुरुपयोग हुन नदिनका लागि आयोगले कडा खालका प्रावधान ल्याएको छ।